neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

दुई थान भालुको पित्त सहित पक्राउ

Feb 14th, 2021

काठमाडौं, फागुुन २

बुढानिलकण्ठ नगरपालिका ७ विष्णुमती चोकबाट १ सय ३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त सहित सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालका २ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतिवन्धित भालुको पित्त अवैध रुपमा विक्रिका लागि लुकाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो । बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले विक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi