neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको सिटीको ७ अंकको अग्रता ,गुन्डोगानले गरे दुई गोल

शीर्ष स्थानको सिटीको ७ अंकको अग्रता ,गुन्डोगानले गरे दुई गोल

Feb 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,२ फागुन

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले ८ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा सिटीले टोटेनहमलाई ३-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन ईल्के गुन्डोगानले दुई गोल र रोड्रीले एक गोल गरे।

खेलको २३ औं मिनेटमा रोड्रीले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५० औँ मिनेटमा ईल्के गुन्डोगानले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।त्यसपछि ६६ औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को जित दिलाए ।

जितसँगै सिटीले २३ खेलबाट ५३ अंक जोडेको छ र शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।पराजित टोटेनहमको २३ खेलबाट ३६ अंक छ नवौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi