neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

Feb 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,२ फागुन

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नाईसलाई २-१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन जुलियन ड्रक्सलर र मोइज केनले एक-एक गोल गरे । नाईसको रोनी लोप्सले एक गोल फर्काए ।

खेलको २२ औँ मिनेटमा जुलियन ड्रक्सलरले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।तर, ५० औं मिनेटमा नाईसका रोनी लोप्सले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा पीएसजीका मोइज केनले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै पीएसजीले २५ खेलबाट ५४ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित नाईसको २४ खेलबाट २९ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi