neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिभरपुल लेस्टर सिटीसँग पराजित

Feb 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,१ फागुन

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले हार व्यवरेको छ । शनिबार राति भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई ३-१ गोलले पराजित गरेको हो ।

लेस्टरसिटीलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी वार्डी र हार्वे बार्नेसले एक-एक गोल गरे। लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो ।खेलको ६७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ७८ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८१ औँ मिनेटमा जेमी वार्डीले गोल गर्दै लेस्टरसिटीलाई २-१ ले अघि बढाए। त्यसको चार मिनेटपछि हार्वे बार्नेसले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै लेस्टर सिटीले २४ खेलबाट ४६ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ खेलबाट ५० अंक छ ।पराजित लिभरपुलको २४ खेलबाट ४० अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi