neapl investment mega bank
  • गृहपृष्ठ
  • गरिमा विकास बैंकको १४ औं बार्षिक साधारण सभा सम्पन्न

गरिमा विकास बैंकको १४ औं बार्षिक साधारण सभा सम्पन्न

Feb 13th, 2021

काठमाडौ, फागुुन १

गरिमा विकास बैंक लिमिटेडको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैैकको यही माघ ३० गते शुक्रबार सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई १३ दमसलव पाँच प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दसमलव ७१ प्रतिशत नगद लाभांश गरि कुल १४ दसमलव २१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४ औं बार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएकाछन । साथै साधारण सभा सम्पन्न भएपश्चात बसेका बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्याम प्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३ दसमलव पाँच प्रतिश तबोनश शेयर वितरण पश्चात चुक्ता पुंजी तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनीद र्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा रहेकाछन ।