काठमाडौ, माघ ३०
नेपाल टेलिकमले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कत बित्तीय बिवरण सार्वजनिक गरेको छ । बित्तीय बिवरण अनुसार चालु आ.व. को प्रथम त्रैमासिकमा कूल सेवा वापतको आय आठ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ रहेकोमा चालु आ.व. को द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा ४५ करोड ४२ लाख ३३ हजार चार सय २१ रुपैयाँले बढेर नौ अर्ब आठ करोड ९५ लाख ७३ हजार चार सय ६२ रुपैयाँ पुुगेको छ ।
टेलिकमका अनुसार गत आ.व.को द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आय आठ अर्ब ९९ करोड ८७ लाख २९ हजार दुुई सय ९९ रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा नौ करोड आठ लाख ४४ हजार एक सय ६२ रुपैयाँले बढेर नौ अर्ब आठ करोड ९५ लाख ७३ हजार चार सय ६२ रुपैयाँ पुगेको छ । चालु आ.व. को प्रथम त्रैमासिकमा खुद मुनाफा एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार तीन सय ८१ रुपैयाँ रहेकोमा चालुु आवको दोस्रो त्रैमासमा २५ करोड ३८ लाख ५५ हजार छ सय ९७ रुपैयाँले बढेर एक एक अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ पुगेको छ । गत आ.व. को दोस्रो त्रैमासिक सम्म (अर्थात् पहिलो अर्धवार्षिक) मा कूल सेवा वापतको आय १८ अर्ब तीन करोड ९५ लाख ७६ हजार ८९ रहेकोमा चालु आ.व. को सोहि अवधिमा कूल सेवा वापतको आयमा एक दसमलव ७४ प्रतिशतले कमी आई १७ अर्ब ७२ करोड ४९ लाख ज्ञ३ हजार पाँच सय तीन रुपैयाँ पुुगेको छ । गत आ.व.को द्वितीय त्रैमासिक सम्म (अर्थात् पहिलो अर्ध वार्षिक) को कूल आयको तुलनामा चालु आ.व. को सोहि अवधि सम्मको कूल आयमा कमी आउनुका कारणहरुमा कोभिड १९ महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको कमी आएको टेलिकमले जनाएको छ ।
बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आ.व.को सोहि अवधिमा घट्न गएको हुंदा व्याज आम्दानीमा करिब २० करोड ७४ लाखले आएको कमी आएको टेलिकमले जनाएको छ । कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुंदा जिएसएम सेवा तर्फ अघिल्लो आ.व. को प्रथम त्रैमासिकको तुलनामा डाटाको उपयोग बढेतापनि राजश्वमा आएको कमी आएको जानकारी टेलिमकले दिएको छ ।
कोभिड १९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभुतपूर्व गिरावट तथा इत्त् को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्धता सेवामा आएको भारी गिरावट आएको टेलिमको भनाई छ । यि सबै असरका अतिरिक्त समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले जनाएको छ ।