neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा ३५ प्रतिसतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा ३५ प्रतिसतसम्मको छुट

Feb 11th, 2021

काठमाडौ, माघ २९

सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको गैह्रीधारा स्थितल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट प्रमुख–बिजनेस सपोर्ट÷पेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सि।एन पाण्डेले हस्ताक्षर गरेकाछन ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा डेबिट, क्रेडिट तथाप्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्पmत होटल बसाई सेवाको भुक्तानी गर्दा ३५ प्रतिसतसम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५ प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नेछन । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।