काठमाडौ, माघ २९
बंैक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि मासिक किस्तामा छुुट सुबिधा ल्याएको छ । सामान्यतया भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहकहरुलाई गरगहना खरिदको लागि मासिक किस्ता सुबिधा ल्याएको छ ।
यस सुबिधामा ग्राहकहरुले ४० हजार देखी पाँच लाख रुपैयाँसम्मको गरगहना खरिद गर्न सक्नेछन । साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई दुुई महिनाको किस्ता छुट हुने बैकले जनाएको छ । बैकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।