neapl investment mega bank
  • गृहपृष्ठ
  • ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना

ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना

Feb 11th, 2021

काठमाडौ, माघ २९

ओपोले चचियाङ विश्व बिद्यालयका साथमा ओपो चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ । ल्याबको मूल उद्देश्य बैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रबर्तन, उद्योगकै अग्रणी प्राविधिकमानक स्थापनाका साथै कलर साइन्सका क्षेत्रमा प्रतिभा विकासका लागि तेवा पु¥याउनु हो । प्राविधिक नवप्रबर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्वविद्यालयमा पर्छ । सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी ¥याकिंङ अनुसार यो ५३ औँ स्थानमा रहेको छ ।

संयुक्त अनुसन्धान परियोजना अन्तर्गत ओपो र चचियाङ युनिभर्सिटीले आधारभूत रंग विज्ञानका विषयहरु, रंग प्रविधि, प्राविधिकमानक र प्रतिभा विकासका लागि अध्ययनकार्य गर्नेछ । ल्याबले आधारभूत रंग विज्ञान अन्तर्गत आफ्नो अनुसन्धानलाई निरन्तरता दिँदै बृहत्त कलर भिजन डाटाबेसको स्थापनागर्नुका साथै, भिज्यूअल फङशन र कलर मोडल्सको विकास गर्दै तिनका ब्यवहारिक अनुप्रयोगका बारेमा अध्ययन गर्नेछ । ल्याबको अर्को प्रमुख लक्ष्यकारुपमा उद्योगकै अग्रणी उत्पादनहरुको डिजाइनमा उच्च गुणस्तरिय रंग ब्यवस्थापन क्षमताका साथै कलर ईञ्जिनियरिङ अन्तर्गतका ब्यवहारिक समस्याको समाधानार्थ एक्स्क्ल्यूजिवकलर टेक्नोलोजी प्ल्याटफर्मको स्थापना हो ।

ओपोले बैज्ञानिक प्रतिभा तथा क्षमताको विकासका लागि सक्दो भुमिका निभाउने सोचका साथ बिस्तृत योजनाको खाकातयार पारेको छ । सान्दर्भिक प्रशिक्षण कार्यक्रमहरु मार्फत विलक्षण प्रतिभाभएका ईञ्जिनियर्सलाई ओपो आरएण्डडी समूहमा प्राथमिकताका साथ प्रवेश दिँदै तिनलाई आफ्ना सैद्धान्तिक अवधारणाहरुलाई ब्यवहारमा उतार्न सहयोग प्रदान गर्नेछ । ‘बर्षौँको नवप्रबर्तनका कारण ओपोसंग स्मार्टफोन डिस्प्ले र कलर म्यानेजमेन्ट टेक्नोलोजी अन्तर्गत फुलपाथ कलर म्यानेजमेन्ट सिस्टम जस्ता पर्याप्त विशेषज्ञता र बृहत्त उपभोक्ता अन्तरदृष्टि छ ।’, ओपोका डिरेक्टर अफ फोटोग्राफी ईगल झुले भने, ‘उपभोक्तालाई जीवनका रंगीन पलहरु अझ जीवन्तताका साथ कैद गर्न सघाउने अत्याधुनिक प्राविधिक समाधानहरु उपलब्ध गराउन डा. मिङ रोनियर लुओ र उनका टिमसंग सहकार्य गर्न हामी निकै उत्साहित छौँ । ‘कलर र ईमेजिङ अनुसन्धानका क्षेत्रमा कलर रिचर्स ल्याबले महत्वपूर्ण सफलताहरु प्रस्तुत गर्नेमा हामी विस्वस्त छौँ । साथै, यसका माध्यमबाट मानव केन्द्रित उत्पादन तथा प्रविधिहरु विशिस्ट कलर क्वालिटीका उपलब्ध गराउन पनि उल्लेख्य सहयोग मिल्नेछ’, चचियाङ युनिभर्सिटीको कलर एण्ड ईमेजिङ साईन्सका प्राध्यापक डा. मिङ रोनियर लुओले भने ।

कलर एण्ड ईमेजिङ टेक्नोलोजीका क्षेत्रमा ओपोको अन्वेषणको निकै लामो ईतिहास छ । कम्पनीले भरखरै ओपो ईन्नो डे २०२०माओपो फुलपाथ कलर म्यानेजमेन्ट सिस्टम अनावरण गरिसकेको छ । सत् प्रतिशत डीसीआई पीथ्री वाइड गामुट र १० बिट कलर डेप्थ सपोर्ट गर्ने यो एण्ड टू एण्ड सोल्यूशन, ओपो फुलपाथ कलर म्यानेजमेन्ट सिस्टमले आफ्नो पहिलो ब्यवसायिक उपस्थिती यही बर्षको पहिलो क्वार्टरमा ओपोको २०२१ फ्ल्यागशिप फाइन्ड एक्सथ्रीमार्फत जनाउने छ । नयाँ कलर रिसर्च ल्याबले कलर र ईमेजिङ ईन्नोभेशनका क्षेत्रमा ओपोको स्थानलाई अझमाथी पु¥याउने विश्वास लिइएको छ ।

प्राविधिक विकासले प्रत्येक ब्यक्तिलाई फाइदा पुग्नु पर्ने ओपोको मान्यता रहँदै आएको छ । कम्पनीले भविष्यमा पनि आफ्ना शैक्षिक साझेदारहरु संग नजिक रहेर सहकार्य गर्दै कलर एण्ड ईमेजिङ टेक्नोलोजी क्षेत्रमा अझ उल्लेख्य विकासहरु प्रस्तुत गर्दै जानेछ ।