neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघको प्रतिनिधिमण्डल र स्वास्थ्य मन्त्री बीच भेटवार्ता

महासंघको प्रतिनिधिमण्डल र स्वास्थ्य मन्त्री बीच भेटवार्ता

Feb 11th, 2021

काठमाडौ, माघ २९

नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाको कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोना विरुद्धको खोप अभियानमा सहभागी गराउन सरकार समक्ष माग गरेको छ । महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल सहित समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठी समक्ष भेटी उक्त माग गरेको हो ।

भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन अनुरोध गर्दै भन्नुभयो–कोरोनाका कारण निजी क्षेत्रपनि आक्रान्त भैरहेकाले महासंघसंग आवद्ध जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सदस्यहरुका लागि सरकारले तत्कालै ५ हजार डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्छ । साथै सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिन समेत माग गर्नुभयो ।

साथै पछिल्लो समय सरकारी निकायहरूबीच समन्वय नहु“दा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरियो । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपकता ल्याउन सो अवसरमा आग्रह गरियो ।

कार्यक्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताको क्रममा दिन शुरु गरिएकोले दोस्रो चरणको खोप आयात पछि उद्योगी व्यवसीहरूलाई प्राथमिकतामा राखिने बताउनु भयो । साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिनुभयो । भेटवार्तामा महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सहसभापति भक्त हमाल, सदस्यहरू सुरेश घिमिरे र हेमराज बडालको उपस्थिति रहेको थियो ।