neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १० करोड ७८ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १० करोड ७८ लाख नाघ्यो

Feb 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, २९ माघ

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या १० करोड ७८ लाख नाघेको छ ।

नेपाली समय बिहीबार ११:०० बजे सम्म विश्वभरीमा १०करोड ७८ लाख ५५ हजार ९४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।सङ्क्रमितमध्ये हालसम्म सात करोड ९८ लाख ७१ हजार ५६८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा २ करोड ५४ लाख ७० हजार ८९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख १ हजार ४५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण २३ लाख ६४ हजार ९७८ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या २ करोड ७८ लाख ९७ हजार २१४ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा १ करोड ८७ लाख १ हजार ६० जना सङ्क्रमित भएका छन् भने १ लाख ५५ हजार ३९९ जनाको मृत्यु भएको छ ।त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ९६ लाख ६२ हजार ३०५ जना सङ्क्रमित भएका छन् भने २ लाख ३४ हजार ९४५ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/