neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा

म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा

Feb 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २९


म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा सिटीले स्वन्से सिटीलाई ३-१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन काइल वाकर,रहीम स्टर्लिंग र गेब्रियल जिससले एक ९एक गोल गरे ।स्वन्से सिटीको मोर्गन ह्वाइटकरले एक गोल गरे ।

खेलको ३० औं मिनेटमा काइल वाकरले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए ।४७ औं मिनेटमा रहीम स्टर्लिंगले गोल गर्दै सिटीलाई २-० ले अघि बढाए ।त्यसको तीन मिनेटपछि गेब्रियल जिससले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।खेलको ७७ औं मिनेटमा स्वन्सेका मोर्गन ह्वाइटकरले एक गोल फर्काएका थिए ।

जितसंगै म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi