neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

Feb 10th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २८


स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई २-० गोलले पराजित गरेको हो ।

रियल मड्रिडलाई जित दिलाउन करिम बेन्जिमा र फर्ल्यान्ड मेन्डीले एक एक गोल गरे ।

खेलको ६० औं मिनेटमा करिम बेन्जिमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ६६ औं मिनेटमा फर्ल्यान्ड मेन्डीले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जितसंगै रियलले २२ खेलबाट ४६ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक छ ।पराजित गेटाफेको २४ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi