neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश

युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश

Feb 10th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २८

युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानलाई समग्रमा २-१ गोलको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

गयराति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिएको हो ।तर, पहिलो लेगमा युभेन्ट्सले इन्टर मिलानलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको थियोे । त्यहि जितले युभेन्ट्स फाइनल प्रवेश गरेको हो ।

अब युभेन्ट्सले फाइनलमा उपाधिको लागि नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi