neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • निर्वाचन तयारीका सन्दर्भमा प्रधानमन्त्रीबाट आयोगका पदाधिकारीसँग छलफल

निर्वाचन तयारीका सन्दर्भमा प्रधानमन्त्रीबाट आयोगका पदाधिकारीसँग छलफल

Feb 9th, 2021

काठमाडौ, माघ २७

सम्वत् २०७८ साल वैशाख १७ गते र ऐ.२७ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा आयोगबाट निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्पूर्ण कार्यहरूमा भईरहेको प्रगतिका बारेमा माननीय प्रमुख निर्वाचन आयुक्तबाट नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेल, माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेल, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलीलानाथ श्रेष्ठ, संविधासभाका अध्यक्ष सुवास नेम्वाङ, प्रधानमन्त्रीका सल्लाहकारहरू, आयोगका आयुक्तहरू, सचिव लगायत उच्च पदस्थ कर्मचारीहरूकोे उपस्थितिमाआगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निर्धारित मितिमा नैसम्पन्न गर्न गराउन एवम् विगतका निर्वाचनका तुलनामा मितव्ययी र लागत प्रभावकारी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनु भयो ।

स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि आयोगले सोही अनुसार तयारी गरिरहेको बताउनुहुँदैमतदाता नामावली ऐन, २०७३ बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ को प्रयोजनका लागि निर्वाचन घोषणा भएको मिति २०७७/९/५ लाई मतदाताको उमेर अठार बर्ष पुग्ने मिति निर्धारण गरिएको र सोही अनुसार नामावली अद्यावधिक (दावी बिरोध समेत) सम्बन्धी कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा रहेको, मतदान स्थल तथा मतदान केन्दपुनरावलोकनको कार्य अन्तिम चरणमा रहेको, निर्वाचन कार्यतालिका र निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरी सम्बद्ध राजनीतिक दलसँग छलफल गर्ने तयारी भईरहेको, आवश्यक वजेटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको, सुरक्षा योजना, अन्तर्राष्ट्रिय जगतबाट सहयोग र सहायताका लागि प्रक्रिया अगाडि बढिरहेको, मतदाता शिक्षा, तालिम, निर्वाचन पर्यवेक्षण, प्रचारप्रसार जस्ता कार्यका लागि व्यवस्थापकीय कार्यहरू भईरहेको बताउनुहुँदै राजनीतिक दल दर्ता प्रक्रिया अगाडि बढाउनेसमेत आयोगले कार्य गरिरहेको जानकारी गराउनु भयो । घोषित मितिमा निर्वाचन सम्पन्न गर्न गराउन निर्वाचनका सबै सरोकारवालाको सहयोग हुने तथा राजनीतिक दलहरूबाट अनुकुल वातावरण सृजना हुने विश्वास व्यक्त गर्नुभयो ।राजनीतिक दलहरूबाट आयोगमा दर्ता भएका निवेदनका सम्बन्धमा कानूनी प्रावधान

अनुसार आयोगले निर्णय लिने जानकारी गराउनुुहँुदै आयोगका पदाधिकारीहरूको कार्य जिम्मेवारी बाडफाँडका सम्बन्धमा समेत अवगत गराउनु भयो ।छलफलमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा आयोगबाट भईरहेका कार्य प्रगति सन्तोषप्रद रहेको बताउनुहुँदै सुरक्षा संवेदनशीलता समेतलाई दृष्टिगत गरी नेपाल सरकारबाट पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका चालिस जिल्लामा र दोस्रो चरणमा प्रदेश नं. १, वागमती प्रदेश र कर्णाली प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएकोले सोही अनुसार सबै कार्यहरू अगाडि बढाउन आग्रह गर्नुभयो । निर्वाचनका लागि वजेटको कुनै अभाव नरहने र सुरक्षाको पूर्ण प्रत्याभूति हुने बताउनुहुँदै सर्वोच्च अदालतबाट निर्वाचन स्थगन आदेश जारी नभएको अवस्थामा निर्वाचनका नियमित कार्यहरू सूचारू गर्न आयोग अग्रसर हुनुपर्ने बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सबै प्रकारका निर्वाचन सामग्रीको समयमै व्यवस्थापन गर्न, राजनीतिक दलको विवादको विषयमा निश्पक्ष ढंगबाट निर्णय गर्न र निर्वाचन आयोगको नियमावलीको व्यवस्था अनुसार निर्वाचन अवधि प्रारम्भ भएपछि दल सम्बन्धी कुनै विवादमा छलफल गर्न नहुने बताउनुुहुँदै कानून, विधि र प्रक्रिया अनुसार आयोगले काम गर्ने विश्वास व्यक्त गर्नुहुँदै आयोगले पूर्णता प्राप्त गरेकोमा आयोग तथा नवनियुक्त आयुक्तहरूलाई बधाई समेत दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi