neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबी बैंकको शाखा वि एण्ड वि हस्पिटलमा

एनएमबी बैंकको शाखा वि एण्ड वि हस्पिटलमा

Feb 9th, 2021

काठमाडौ, माघ २७

एनएमबि बैंकले वि एण्ड वि हस्पिटलमा उपचारको लागि आउने ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले एटिएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्दघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वि एण्ड वि बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरेका हुुन । कार्यक्रममा एनएमबि बैंकबाट कर्मचारीहरुका साथै वि एण्ड विका तर्फबाट डा. रिना बैद्य, विवेक श्रेष्ठ, चेतना व“ासकोटा लगायत ब्यक्तिहरुको उपस्थिति थियो । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरु अवलम्बन गदै उक्त कार्यक्रम गरिएको थियो ।

बैंकले हाल देशभरी १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।