neapl investment mega bank

सानिमा बैंक काठमाडौंको टोखामा पनि

Feb 9th, 2021

काठमाडौ, माघ २७

सानिमा बैंकले आज मंगलबार काठमाडौंको टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै) मा, बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका हुुन ।

समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टरर ९० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।