काठमाडौं, माघ २७
राप्रपाका त्रय अध्यक्षहरूको बसेको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
बैठकले समायोजन बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्गाउने, फाल्गुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फाल्गुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झन्डा र चुनाव चिन्ह अनावरण गर्ने साथै प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।