neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा महालक्ष्मी कमिटीले गर्यो २८ गते हुने शक्ति प्रदर्शनको तयारी भेला

नेकपा महालक्ष्मी कमिटीले गर्यो २८ गते हुने शक्ति प्रदर्शनको तयारी भेला

Feb 9th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २७


ललितपुर महालक्ष्मी नगर कमिटीले २८ गते हुने शक्ति प्रदर्शनको तयारी भेला गरेको छ । भेलामा बागमती प्रदेश कमिटिका सभापति माधव पौडेलले प्रधानमन्त्री के. पी. वली को असंवैधानिक संसद विघटनले प्रतिगामी शक्तिहरु राजावादी, नेपाली काँग्रेस र विदेशी शक्ति राष्ट्रहरु निक्कै उत्साहित भएका र सरकारमा भएका प्रधानमन्त्री, मन्त्रीहरुले चरम भ्रष्टाचार राष्ट्र हित विपरित काम गरेको र १० औं हजार शहीदको बलीदान बाट प्राप्त गणतन्त्रको रक्षा गर्न भोली २८ गते सम्पुण नेता तथा कार्यकर्ता विरोध प्रदर्शनमा सहभागी हुन आव्हान गरे ।

भेलाको सभापतित्व नेकपा महालक्ष्मी नगर कमिटीका अध्यक्ष नकुल थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन नेकपा महालक्ष्मी नगर कमिटी इन्चार्ज स्याम महर्जनले गरेका थिए ।