काठमाडौ, माघ २६
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले ट्याक्सी, बस, कार लगायतका सार्वजनिक सवारी साधन संचालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधि मैंत्री बनाउन लागि पर्ने बताउनु भएको हो । सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उहाँले ग्राहकलाई ठगिन नदिन तथा सडक जाम लगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प नरहेको स्पष्ट पार्नु भयो ।
त्यस अवसरमा मन्त्री गुरुङले अन्तराष्ट्रिय मापदण्डको आधारमा सवारी साधनहरुको संचालन र व्यवस्थापन गर्न सवारी चालकहरुलाई आग्रह समेत गर्नु भयो । उहाँले सामाजिक सेवाको भावना अनुसार विरामीहरुलाई निःशुुल्क सेवादिनपनि सवारी चालकहरुको ध्यानाकर्षण गराउनुभयो । यता समाजका अध्यक्ष पूूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐन विपरित संचालनका आएका निजीकार, भ्यान, जीपको अनुुगमन गरी कार्वाही गर्न माग गर्नु भएको थियो । जवाफमा मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत् यातायात ऐन प्रतिकूल हुने गरी संचालनका आएका सवारी साधनहरुको व्यवस्थापनमा लागि पर्ने बताउनु भएको थियो ।
भेटमा समाजले समय सापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्न, चालक तथा चालक मजदुरुहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने लगायतका १४ बुुँदे मागसहितको ज्ञापन पत्रमन्त्री गुरुङलाई बुुझाएको थियो ।