neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

Feb 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २६

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे र मउरो इकार्डीले एक-एक गोल गरे । पीएसजीले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको नवौं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।त्यसपछि २४ औँ मिनेटमा मउरो इकार्डीले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

खेलको इन्जुरी समयमा मार्सेलीका दिमित्री पायटले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि मार्सेली अन्तिम समयमा १० खेलाडीमा सिमित बनेको थियो।

जितसँगै पीएसजीले २४ खेलबाट ५१ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।पराजित मार्सेलीको २२ खेलबाट ३३ अंक छ र नवौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi