neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार २०७७ सम्पन्न

एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार २०७७ सम्पन्न

Feb 7th, 2021

काठमाडौ, माघ २५

नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार २०७७ सम्पन्न गरेको छ । इतिहास तथा ऐतिहासिक धरोहरहरुको संरक्षण तथा सम्बर्द्धन गर्दै राष्ट्रिय एकता प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्य सहित यही माघ २२ गते जङ्गी अड्डास्थित सभामण्डप हलमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाबाट उदघाटन गर्नु भएको “एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार २०७७“ यही माघ २५ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

गतवर्ष देखि नेपाल सरकारको नीति तथा कार्यक्रममा समाबेस भई निरन्तरता पाइरहेको एकीकरण मार्ग कार्यक्रम सम्बन्धी उक्त सेमिनारको पहिलो दिन ऐतिहासिक सम्पदा संरक्षण र प्रबर्द्धनमा एकीकृत समन्वयको आवश्यकता, एकीकरण स्मृती उद्यानको प्रगति प्रतिबेदन, नेपालको ऐतिहसिक गढी, किल्ला तथा युद्धस्थलहरुको अध्ययन तथा संरक्षण संबर्द्धनमा भइरहेका प्रयासहरु लगायत गोरखा(काठमाण्डौ एकीकरण पदयात्राको समिक्षा र भावी योजना सम्बन्धी प्रस्तुतिकरण तथा छलफल भएको थियो । यसैगरि दोस्रो दिन जटही(सिन्धुली ऐतिहासिक पदमार्गको विकास प्रस्ताव, नेपालमा ऐतिहासिक पर्यटन प्रबर्द्धनको सम्भाव्यता, पाल्पा दरबार र सिन्धुलिगढी युद्ध संग्रहालयको बर्तमान अवस्था एवं भावि योजनाका सम्बन्धमा प्रस्तुतिकरण तथा छलफल भएको थियो । तेस्रो तथा अन्तिम दिन सहभागि बिभिन्न निकायका प्रतिनिधीहरुबीच भएको एबलभ िम्ष्कअगककष्यल तथा सेमिनारको निर्णयहरु एवं आगामी कार्यक्रमबारे प्रस्ताव सहित एकीकरण मार्ग कार्यक्रम सम्बन्धी बृत्तचित्र “मेरा साना दुःखले आर्ज्याको मुलुक होईन” भन्ने शिर्षकको नाटक समेत प्रदर्शन भएको थियो ।

प्रधानमन्त्री तथा रक्षामन्त्री केपि शर्मा ओलीज्यूले समापन मन्तव्यमा नेपाली सेनाले समन्वय एवं कार्यान्वयन गरीरहेको यस एकिकरण मार्ग कार्यक्रमले इतिहासको स्मृति, पुनर्जागरण र रक्षा गर्ने संकल्प राखेको र यो अत्यन्तै महत्वपूर्ण रहेको बताउनु हुँदै यस सेमिनारबाट निस्केका निश्कर्षहरु महत्वपूर्ण हुने अपेक्षा राखेको बताउनु भएको थियो । यस पूर्व उहाँले हालसालै स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्र समेतको अवलोकन गर्नु भएको थियो ।

प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, नेपाल सरकारका सचिवहरु, विभिन्न मन्त्रालय एवं विभागहरुका महानिर्देशकहरु तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको सो सेमिनारबाट प्राप्त महत्वपूर्ण रायसुझाव सहितका प्रतिक्रियाहरु, सृजनात्मक सोच र अवधारणाहरुले ऐतिहासिक सम्पदा, गढी तथा किल्लाहरुको संरक्षण एवं सम्बर्द्धनको दीर्घकालीन र एकीकृत योजना निर्माण भई राष्ट्रिय एकताको प्रबर्द्धनमा महत्वपुर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi