काठमाडौ, माघ २५
कृषि बिकास बैंकले सिद्धार्थनगर र मझगाँवामा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैकका अनुसार भिम अस्पताल भैरहवाको परिसरमा रहेको एटिएम मेसिनको बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा रुपन्देही जिल्ला समन्वय समितका प्रमुख एकराज बि.कले सयूक्त रुपमा समुदघाटन गरेका हुुन । सोही अस्पतालकी मे.सु. डा.सकुन्तला गुप्ता, बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी, विभागिय प्रमुख निर्मल प्रसाद उपाध्याय, प्रदेश कार्यालय भैरहवाका निर्देशक जगदिश्वर पन्थी, लगायत सामाजिक व्यक्तित्व, बैंक, अस्पतालका कर्मचारी, ग्राहक र सेवाग्राह्री को उत्साहजनक उपस्थिती रहेको थियो । सो अवसरमा कृषि विकास बैंंक शाखा सिद्धार्थनगरका प्रवन्धक बाबुराम खत्रीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा भिम अस्पताल भैरहवाकी मे.सु. डा. सकुन्तला गुप्ताले आफ्नो मन्तव्यका क्रममा साईकल, ठेलागाडा, रिक्सामा विरामी ल्याउने निम्न आय स्तर भएका जनताको सेवा गरिरहदा अस्पतालको आन्तरिक स्रोतले आधुनिक उपकरणहरु खरीद गर्न नसकिएको अवस्थामा कृषि बिकास बैंकले भिम अस्पताल भैरहवालाई सामाजिक उत्तरदायित्व अन्तरगत डिजिटल एक्स रे मेसिन हस्तान्तरणले यस अस्पतालको सेवामा महत्वपूर्ण योगदान पुगेको बताउँदै बैकलाई धन्यवाद दिएकी थिईन ।
सोही कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत चितवनका दुुई वटा अस्पताल, बुटवल, जुम्ला, धनगढीको गेटा लगायत देशका विभिन्न अस्पतालहरुलाई प्राविधिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको बताए । जनतालाई प्रत्यक्ष्य सहयोग पुग्ने क्षेत्रमा सहयोग गर्न बैंक अग्रसर रहेको छ र यस्ता कार्यक्रमलाई अगामि दिनमा समेत निरन्तरता दिइने छ भन्दै उनले बैंकबाट प्रदान गरिएका आधुनिक सेवाहरुलाई परिस्कृत गर्ने सन्दर्भमा एटिएम मेसिन, क्यु आर कोठ, मोवाईल बैंकिङलाई प्राथमिकता दिदै आईरहेको छ यसलाई पूर्ण उपयोग गर्नका लागि सबैलाई अनुरोध समेत गरे । साथै किसानको हितको लागि बैंकले किसान कार्ड ल्याउने तयारीमा रहेको जानकारी समेत प्रमुख कार्यकारी उपाध्यायले दिए ।