neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • संरक्षित वन्यजन्तु चितुवाको टाउको सहित मानिसहरु पक्राउ

संरक्षित वन्यजन्तु चितुवाको टाउको सहित मानिसहरु पक्राउ

Feb 7th, 2021

काठमाडौ, माघ २५

संरक्षित वन्यजन्तु चितुवाको टाउको सहित मानिसहरु पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार पक्राउ पर्नेहरुमा लमजु«ङको दुधपोखरी घर भएका २३ बर्षिष सन्तोष आलेमगर, काभ्रेको रोशी घर भएका २० बर्षिय सुजन थिङ र काभ्रे कै रोशी गाउँपालिका घर घएका १९ बर्षिय मिङमार मोक्तान रहेकाछन ।

प्रहरीका अनुासर काठमाण्डौमा संरक्षित वन्यजन्तु चितुवाको दाह्रा सहित टाउकोको भाग कारोवार गर्न मानिसहरू हिंडिरहेको भन्ने सूचनाको आधारमा यही माघ २३ गते काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका २२, सुन्धारा स्थित काठमाण्डौ मल अगाडी महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्दा संरक्षित चितुवाको दाह्रा सहितको टाउकोको भाग एक थान बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिंडिरहेको बेलामा पक्राउ गरी निजहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानको डिभिजन वन कार्यालय, हात्तीसार काठमाणडौ पठाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi