neapl investment mega bank

एकै दिन ४८ अंकले बढ्यो नेप्से

Feb 7th, 2021

काठमाडौ, माघ २५

नेप्से एकैदिन ४८ अं्रकले बढेको छ । आज आईतबार नेप्से ४८ दसमलव ७४ अंकले बढेर २५ सय २४ अंकमा चढ्दा सेन्सिटिभ पनि पाँच दसमलव तीन अंकले बढेर चार सय ५९ दसमलव ३३ अंकमा पुगेको छ । आज दुुई सय दुुई वटा कम्पनीहरुको ८७ हजार छ सय ७० पटकको कारोवारमा एक करोड ७७ लाख ३६ हजार सात सय ३४ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम १० अर्ब ४४ करोड १९ लाख ५१ हजार तीन सय चार रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा बाँणिज्य बैंक, बिकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये जलबिद्युत समुहको सुचक ५९ दसमलव २१ अंकले बढेर दुुई हजार १८ दसमलव १३ अंकमा पुुग्दा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गणपती लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।