neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

Feb 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २५

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले हुयस्कालाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन राफायल भरानले दुई गोल गरे । हुयस्काको जाभी गलनले एक गोल गरे ।

खेलमा पहिलो अग्रता हुयस्काले लिएको थियो । खेलको ४८ औं मिनेटमा जाभी गलनले गोल गर्दै हुयस्कालाई अग्रता दिलाएका थिए ।तर,खेलको ५४ औं मिनेटमा रियलका राफायल भरानले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा राफायल भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसंगै रियलले २१ खेलबाट ४३ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक छ ।पराजित हुयस्काको १६ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi