neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड एभर्टनसँग बराबरीमा रोकियो

म्यानचेस्टर युनाईटेड एभर्टनसँग बराबरीमा रोकियो

Feb 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २५

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एभर्टनसँग बराबरीमा रोकिएको छ ।शनिबार राति म्यानचेस्टर युनाईटेडको घरेलु मैदानमा भएको खेलमा युनाईटेडलाई एभर्टनले ३-३ गोलको बराबरीमा रोकेको हो ।

खेलमा म्यानचेस्टर युनाईटेडको लागि एडिनसन कावानी,ब्रुनो फर्नांडीस र स्कट मक्टोमिने एक-एक गोल गरे भने एभर्टनको अब्दुलाए डकुउरी ,जेम्स रोड्रीगेज र डोमिनिक कलवर्ट-लेविनले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता युनाईटेडले लिएको थियो । खेलको २४ औं मिनेटमा एडिनसन कावानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।४५ औं मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर पारे ।

तर दोस्रो हाफको ४९ औं मिनेटमा एभर्टनका अब्दुलाए डकुउरीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । लगत्तै ५२ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७० औं मिनेटमा युनाईटेडका स्कट मक्टोमिनेले गोल गर्दै युनाईटेडलाई ३-२ ले अघि बढाए।तर इन्जुरी समयमा एभर्टनका डोमिनिक लेविनले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीपछि पनि युनाइटेड दोस्रो स्थानमा छ। युनाइटेडको २३ खेलबाट ४५ अंक छ ।शीर्ष स्थानको म्यानचेस्टर सिटीको ४७ अंक छ । एभर्टनको ३७ अंक छ र छैटौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi