neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलमा युभेन्ट्सको सहज जित

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सको सहज जित

Feb 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २५


इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले रोमालाई २-० गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । युभेन्ट्सले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ६९ औँ मिनेटमा रोमाका इबानेजले आत्मघाती गोल गरेपछि युभेन्ट्सले जित निकालेको हो ।

जितसँगै युभेन्ट्सले २० खेलबाट ४२ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । पराजित रोमाको २१ खेलबाट ४० अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi