neapl investment mega bank
  • गृहपृष्ठ
  • हल अफ फेम सिजन २ को उद्घोषणमा कमेडियन सुमन कार्कीको आगमन (भिडियाे सहित)

हल अफ फेम सिजन २ को उद्घोषणमा कमेडियन सुमन कार्कीको आगमन (भिडियाे सहित)

Feb 6th, 2021

काठमाडौ, माघ २४

एमएनटीभी अष्ट्रेलियाको अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ को च्यालेन्ज राउन्डबाट अझ बडी रोमान्चक बन्दैछ । विभिन्न नया गायक तथा गायिका हरुको सांगीतिक प्रतिस्पर्धाका कारण रौनकता बडी रहे पनि कार्यक्रम लाइ अझ रमाइलो र मनोरन्जनात्मक बनाउन उद्घोषणमा कमेडियन सुमन कार्कीको इन्ट्री भएको छ। अब कार्यक्रमको उद्घोषणमा सदिक्षासँग डान्सिंग विथ स्टार का उद्घोषक जोडी सुमन कार्कीले साझेदारी गर्ने छन्। डान्सिंग विथ स्टार्सको सेटमा मस्त देखिएको यो जोडी फेरि एक पटक सांगीतिक रियालिटी शोमा जम्ने भएको हो ।

सुमन कार्कीको सप्राईज ईन्ट्रीले अब दर्शकहरुले यी दुईको अझ बडि रमाइलो र मनोरञ्जनात्मक प्रस्तुति पनि हेर्न पाउनेछन् । ६ एपिसोडसम्म एक्लैले सञ्चालन गरेकी सदिक्षालाई अबबाट सुमनले साथ दिने छन् । सातौं श्रृंखलामा एपिसोडमा ८ जना गायक तथा गायिकाहरुले प्रतिस्पर्धी गर्दैछन् ।
आजको एपिसोडमा दर्पन रिजाल र रानिस क्षेष्ठले वरिष्ठ गायक दिप श्रेष्ठको (मेरो आँखामा..) बोलको गीत गाएका छन् भने कन्दरा व्याण्डका विवेक श्रेष्ठको (हङकङ पोखरा‘) बोलको गीत दिनेश गुरुङ, नामसाङ राई र सुरेन लिम्बुले गाएका छन् । यस्तै विजय सुनार, सन्दीप गहतराज र सन्जिभनी महर्जनले रेजिना रिमालको (म मर्ने बेलामा..) बोलको गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका छन् ।

आजको एपिसोडमा तीन देशबाट ९ प्रतिस्पर्धी भएपनि ८ जनाले सहभागीता जनाए । गिरीराज खतिवडाको स्वास्थ्यमा समस्या भएकाले उनी यो एपिसोडमा सहभागी भएनन् । हरेक शुक्रबार र शनिबार राति ८ बजे कार्यक्रम हिमालय टेलिभिजनका साथै एमएनटीभी अष्ट्रेलियाका अन्य डिजिटल प्लेटफर्महरुमा प्रशारण गरिँदै आएको छ ।

भिडियो लिंक

https://www.youtube.com/watch?v=dNgA4GkilPM&feature=youtu.be