काठमाढौ, माघ २४
राप्रपाका अध्यक्ष कमल थापाले ६२ / ६३ पछीको मार्गचित्र असफल भएको बताएका छन् । अध्यक्ष थापाले आज सामाजिक सञ्जालमा भनेका छन् “- सत्तारुढ दलले आफ्नै प्रम बिरुद्ध अविश्वास प्रस्ताव
-प्रमद्वारा संसद विघटन
-मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन सडक प्रदर्शन
-व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा
यी घटनाक्रमले ६२/६३पछीको मार्गचित्र असफल प्रमाणित गरेको छ