neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

Feb 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २२

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । बुधबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलमा पीएसजीले निम्सलाई ३-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन एन्जिल डि मारिया,पाबियो सरबिया र केलियन एम्बाप्पे एक-एक गोल गरे । पीएसजीले दुई गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १८ औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३६ औँ मिनेटमा पाबियो सरबियाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको ६८ औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै पीएसजीले २३ खेलबाट ४८ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।पराजित निम्सको २२ खेलबाट १५ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi