आधारभूमि संवाददाता
काठमाडौ, २२ माघ
प्रिमियर लिग फुटबलमा लिभरपुलले हार व्यवरेको छ । बुधबार राति भएको खेलमा ब्राइटनले लिभरपुललाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।
ब्राइटनलाई जित दिलाउन स्टीभन अल्जाटले विजयी गोल गरे । स्टीभन अल्जाटले दोस्रो हाफको ५६ औं मिनेटमा गोल गरेका हुन् ।
जितसंगै ब्राइटनले २२ खेलबाट २४ अंक जोडेको छ र १५ औं स्थानमा छ । पराजित लिभरपुलको २२ खेलबाट ४० अंक छ र चौंथो स्थानमा छ ।