neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्षको निधन

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्षको निधन

Feb 3rd, 2021

मुग्लिन, २१ माघ /रासस

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उहाँको निधन भएको हो ।

लामो समयदेखि कलेजो पीडित हुनुभएका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताउनुभयो । उहाँको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । रानामगरको श्रीमती र एक छोरी हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi