neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बङ्गलादेश बैंकद्वारा डि सी कार्ड योजना शुरु

नेपाल बङ्गलादेश बैंकद्वारा डि सी कार्ड योजना शुरु

Feb 3rd, 2021

काठमाडौ, माघ २१

नेपाल बङ्गलादेश बैंकले बिभिन्न पेशामा कार्यरत पेशागत ब्यक्तिहरुलाई लक्षित गरी स-साना ब्यक्तिगत आवश्यकता परिपूर्ति गर्नका लागि डि सी कार्ड योजना ल्याएको छ ।

बैकका अनुसार यो योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने जानकारी गराएको छ । यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् । साथै सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको जानकारी दिएको छ ।