काठमाडौ, माघ २१
नेपाल बैंक लिमिटेड र आगन्तुक रिसोर्ट बिच सम्झौता भउको छ । बैंकका अनुसार मंगलबार नेपाल बैंक र बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानस्थित आगन्तुक रिसोर्ट बिच उक्त रिसोर्टमा बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले डेबिट/क्रेडिट/अन्य प्रिभिलेज कार्ड, मोबाईल/ईण्टरनेट बैंकिङ लगायतका डिजिटल माध्यममार्फत एकोमोडेशन तथा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा अधिकतम १५ प्रतिसतसम्मको छुट पाउने सम्भौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुुन ।
नेपाल बैंक लिमिटेडले हाल देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथामोबाईल/ईण्टरनेट बैंकिङ लगायतका बिभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।