neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यान्चेष्टर युनाईटेडसँग साउथह्याम्पटन ९-० गोलले पराजित

म्यान्चेष्टर युनाईटेडसँग साउथह्याम्पटन ९-० गोलले पराजित

Feb 3rd, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २१


इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले लज्जास्पद हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा साउथह्याम्पटनलाई म्यान्चेष्टर युनाईटेडले उसकै मैदानमा ९-० गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन एन्थोनी मार्शलले दुई,आरोन वान बिसाका,मार्कस र्यासफोर्ड,एडिनसन कावानी,स्कट मक्टोमिने,ब्रुनो फर्नांडीस र डानियल जेम्सले एक-एक गोल गरे । युनाईटेडले एक गोल आत्मघाती उपहार पाएको थियो ।युनाईटेडले चार गोल पहिलो हाफमा र चार गोल दोस्रो हाफमा गरेको हो ।

खेलको दोस्रो मिनेटमा साउथह्याम्पटनका अलेक्स जन्केवित्जले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि साउथह्याम्पटन १० खेलाडीमा सिमित बनेको थियो।त्यस्तै ८६ औं मिनेटमा जान बेद्नरेकले पनि रातो कार्ड खादै बाहिरिएपछि साउथह्याम्पटन ९ खेलाडीमा सिमित बनेको थियो।

जितसँगै युनाईटेडले २२ खेलबाट ४४ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।युनाईटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगअंक बराबरी गरेको छ । म्यानचेस्टर सिटीले युनाईटेड भन्दा दुई खेल कम खेलेको छ ।पराजित साउथह्याम्पटनको २९ अंक छ १२ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi