neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि बिकास बैंक र कीर्तिपुर नगरपालिकाबिच सम्झौता

कृषि बिकास बैंक र कीर्तिपुर नगरपालिकाबिच सम्झौता

Feb 2nd, 2021

काठमाडौ, माघ २०

कृषि बिकास बैंक र कीर्तिपुर नगरपालिकाबिच सम्झौता भएको छ । बैकका अनुसार सोमबार किर्तिपुर नगरपालिकाले आप्mना सम्पूर्ण बैंकिङ्ग कारोवारहरु कृषि विकास बैंक मार्फत गर्ने गरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरेका हुुन । देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिका विच बैंकिङ्ग कारोवार गर्ने संझौताले नगरपालिकाको बैंकिङ्ग कारोवारमा सहजता हुनुका साथै स्थानीय आम जनसमुदायलाई बैंकिङ्ग कारोबार गर्न थप सुविधा पुग्ने छ ।

उक्त सम्झौता कार्यक्रमाका सिलसिलामा पाँच बर्षे सम्झौता पत्र आदन प्रदान गदै नगर प्रमुख रमेश महर्जनले भन्नु भयो–सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको वाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउदा संस्था गौरवान्बित भएको बताए ।
पाँच बर्षको लागि भएको सम्झौतामा बैंकले नगरपालिकाको सम्पुर्ण सरकारी कारोवार गर्नेछ भने नगरपालिकाका स्थायी कर्मचारीलाई बिना धितो १५ लाख सम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । देशका ७७ जिल्लामा नेटवर्क रहेको बैंक र किसान तथा विद्यार्थीहरुको सहर वीचको सम्वन्धले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्न जाने देखिन्छ । बैंकले नगरपालिका क्षेत्रमा वशोवास गर्ने किसान, विद्यार्थी तथा उद्यमिका लागि लागि सहुलियत दरमा कृषि, शैक्षिक तथा व्यावसायिक कर्जा प्रदान गर्नेछ । यस सम्झौताले नगरपालिकाको एकिकृत बैंकिङ्ग कारोवारमा सहजता हुनेछ । सम्झौता अनुसार बैंकले नगरपालिका र नगरपालिकामा आवद्ध कर्मचारीलाई निःशुल्क विद्यूतिय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम नगरपालीका मार्फत खर्च गर्नेछ ।

उक्त कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर उप–प्रमुख एवं प्रवक्ता सरस्वती खडका, प्रमुख प्रशासकिय अधिकृत सिता परियार लगायत अन्य पदाधिकारीेको उपस्थिती थियो भने बैंकका तर्फबाट उप–महाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, धु्रव चन्द्र गौतम, दिर्ध वहादुर अर्याल, वाग्मती प्रदेश प्रमुख सुन्दर प्रसाद खतिवडा, सम्वृद्धि कार्की, विनोद कोइराला लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । नगरपालिकाका लेखा प्रमुख मित्र प्रसाद घिमिरेले संचालन गर्नु भएको कार्याक्रमको मुल उद्धेश्य बैंक र नगरपालीका विच एकिकृत बैंकिङ्ग कारोवार गर्नु रहेको थियो ।