neapl investment mega bank
  • गृहपृष्ठ
  • एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याकहरु

एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याकहरु

Feb 2nd, 2021

काठमाडौं, माघ २०

एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ । यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहितमात्र रु २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइ व ाव्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ । यो भ्वाइस प्याकखरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ डायल गर्न सक्छन् । त्यस्तै गरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीनदिनको समयसिमा रहेको यो भ्वाइस प्याक ग्राहकले कर सहितमात्र रु १४ मा खरिद गर्न सक्छन् र मात्र रु १.९९ प्रतिमिनेट (कर सहित रु २.५४ प्रतिमिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्य तथा साथिभाइसँग सम्पर्कमा रही रहन सक्छन् । भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क रु २.९९ प्रतिमिनेट (कर सहित रु ३.८२ प्रतिमिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्धता अनुरूप यो योजन ाल्याइएको कम्पनीले जनाएको छ । भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइ वाव्यापार व्यावसायसँग सम्बन्धित समकक्षीहरूसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।