neapl investment mega bank
  • गृहपृष्ठ
  • २ हजार ९४६ जनाको नमूना परीक्षण गर्दा १७१ जनामा कोरोना सङ्क्रमण

२ हजार ९४६ जनाको नमूना परीक्षण गर्दा १७१ जनामा कोरोना सङ्क्रमण

Feb 2nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, २० माघ

मंगलबार थप १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २ हजार ९४६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार २८९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९४६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १९५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ४०० जना छन् । हालसम्म २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २५९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३० पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।