आधारभूमि संवाददाता
काठमाडौं, माघ २०
सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकेको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला रु २० ले घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु १२८० तोकेको छ । यस अघि सोमबार चाँदी प्रतितोला रु १४०० मा कारोबार भएको थियो ।