neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको डेबिट कार्ड अब अनलाईनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंकको डेबिट कार्ड अब अनलाईनबाटै आवेदन दिन सकिने

Feb 1st, 2021

काठमाडौ, माघ १९

सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । अब नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएको, बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकहरुले भौतिक रुपमा बंैकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिनसक्नेछन । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन ।

कार्ड तयार भईसके पश्चात बैंकले ग्राहकहरुलाई कार्ड संकलन गर्न एसएमएस मार्पmत अनुरोध गर्ने छ । ग्राहकहरुले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सक्नेछन । बैंकले ल्याएको यस अनलाईन सुविधामार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस व्यवस्थाले बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बन्ने छ ।