आधारभूमि संवाददाता
काठमाडौँ,माघ १९
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई उसकै घरेलु मैदानमा ३-१ गोलले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल र जर्जिनियो विज्नल्डमले एक गोल गरे ।वेस्ट ह्यामका क्रेग डसनले एक गोल गरे ।
खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ६८ औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।
खेलको ८४ औं मिनेटमा लिभरपुलका जर्जिनियो विज्नाल्डमले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।त्यसको ३ मिनेटपछि वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र लिभरपुलले जित निकालेको हो ।
जितसँगै लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्यामको ३५ अंक छ पाँचौं स्थानमा छ ।