neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एट्लेटिकोको १० अंकको अग्रता, सुआरेजले गरे दुई गोल

शीर्ष स्थानको एट्लेटिकोको १० अंकको अग्रता, सुआरेजले गरे दुई गोल

Feb 1st, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १९

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिकोले १० अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई उसकै घरेलु मैदानमा ४-२ गोलले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन लुइस सुआरेजले दुई गोल, सउल निगुएज र कोकेले एक-एक गोल गरे।काडिजको अल्भारो नेग्रेडोले दुई गोल गरेका थिए।

खेलमा पहिलो अग्रता एट्लेटिकोले लिएको थियो । खेलको २८ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।तर,खेलको ३५ औं मिनेटमा काडिजका अल्भारोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४४ औं मिनेटमा सउल निगुएजले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफको ५० औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ३-१ ले अघि बढाए।७१ औं मिनेटमा अल्भारोले व्यक्तिगत दोस्रो गोल गर्दै काडिजलाई ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई ४-२ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले १९ खेलबाट ५० अंक जोडेको छ र शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको रियल मड्रिडको १९ खेलबाट ४० अंक छ ।पराजित काडिजको २१ खेलबाट २४ अंक छ १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi