neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भक्तपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ को तयारीका बिषयमा छलफल

भक्तपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ को तयारीका बिषयमा छलफल

Jan 31st, 2021

काठमाडौ, माघ १८

भक्तपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ को तयारीका बिषयमा छलफल भएको छ । बिसं २०७८ साल बैशाख १७ गते पहिलो चरणमा र ऐ. बैशाख २७ गते दोश्रो चरणमा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ को तयारीका सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको समुपस्थितिमा भक्तपुर जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई लगायत सुरक्षा निकायका प्रमुखहरु र जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुवँर सहितको बैठक भक्तपुरमा सम्पन्न भएको हो ।

उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुखज्यूले जिल्लाको राजनीतिक वातावरण सम्बन्धमा र जिल्ला कार्यक्रम तथा अनुगमन समिति एवम् जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक प्रमुख जिल्ला अधिकारीज्यूले मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम तथा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको प्रगतिका बारेमा जानकारी दिए ।

उक्त अवसरमा प्रमुख निर्वाचन आयुक्तज्यूले मतदाता नामावली अद्यावधिक गरी त्रुटि रहीत बनाउन र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोके बमोजिमका आधारमा उपयुक्त र पायक पर्ने स्थानमा कायम गर्न निर्देशन दिए । आगामी निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचार संहिता अनुगमन सम्बन्धी समिति स्थानीय तह स्तरमा समेत गठन गर्नेगरी तयारी गरिरहेको कुरा बताए । निर्वाचन सम्बन्धी तयारी कार्यहरुमा कुनै कमी कमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिहरुमा भक्तपुर जिल्लालाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न समेत निर्देशन दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi