काठमाडौ, माघ १८
सिद्घार्थ बैंक लिमिटेडको यही माघ १६ गते बसेको संचालक समितिको ३६२ औं बैठकबाट मनोज कुमार केडिया बैंकको अध्यक्षपदमा सर्वसम्मत रुपमा चयन भएकाछन । उनले आज आईतबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष् ागभर्नरको कार्यालयमा बैंकको संचालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएकाछन । उनी यसअघि पनि मिति २०७३/११/०५ देखि २०७७/१०/१६ सम्म बैंकको संचालक समितिको अध्यक्ष रहँदै आएका थिए ।
उनले केडिया अर्गनाइजेशन, केडिया इन्टरनेशनल प्रा.लि, वृज सिमेन्ट इन्डष्ट्रिज प्रा.लि., अर्घाखाँची सिमेन्ट प्रा.लि., श्री स्टिलस् प्रा.लि., एशियनकन क्रेटो प्रा.लि., वृज ग्लास इन्डष्ट्रिज प्रा.लि., केडिया इन्भेष्टमेन्ट कर्पोरेशन प्रा.लि.लगायतका कम्पनीहरुमा अध्यक्ष÷प्रबन्ध संचालककोरुपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेकाछन ।