neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • घरेलु मैदानमा रियल मड्रिड लेभान्टेसँग पराजित

घरेलु मैदानमा रियल मड्रिड लेभान्टेसँग पराजित

Jan 31st, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १८

स्पेनिस ला लिग फुटबलमा साविक विजेता रियल मड्रिडलाई लेभान्टेले पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडलाई उसकै घरेलु मैदानमा लेभान्टेले २-१ गोलले पराजित गरेको हो ।

लेभान्टेलाई जित दिलाउन जोसे लुइस मोरालेस र रोजर मार्टिले एक एक गोल गरे ।रियल मड्रिडको मार्को एसेन्सियोले एक गोल गरे ।

खेलको नवौं मिनेटमा रियलका इडर मिलिटाओले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो।

खेलमा पहिलो अग्रता रियलले लिएको थियो ।खेलको १३ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए।तर,खेलको ३२ औं मिनेटमा लेभान्टेका जोसे लुइस मोरालेसले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको ७८ औं मिनेटमा रोजर मार्टिले गोल गर्दै लेभान्टेलाई २-१ को जित दिलाए ।

जितसँगै लेभान्टेले २० खेलबाट २६ अंक जोडेको छ र नवौं स्थानमा उक्लिएको छ ।पराजित रियलको २० खेलबाट ४० अंक छ र दोस्रो स्थानमा छ । रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi