neapl investment mega bank
  • गृहपृष्ठ
  • प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

Jan 28th, 2021

कास्की, माघ १५

कास्की जिल्लाको पोखरा महानगरपालिका ६ लेकसाईड स्थित फेवातालमा खसेका एक जनाको एपीएफ टोलीले माघ १४ गते सकुशल उद्वार गरेको छ ।

सोही जिल्लाको पोखरा महानगरपालिका २३ बस्ने २३ वर्षिय कृष्ण के.सी.ले प्रयोग गरेको प्याराग्लाईडिङ्ग अचनाक गति अनियन्त्रीत भई उक्त तालमा खसेका थिए । सो बारे जानकारी पाउनासाथै सस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक धर्मेन्द्र चौधरीको कमाण्डको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो ।