neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पुनःनिर्माणपछि जापानले हस्तान्तरण गर्यो विपी राजमार्ग

पुनःनिर्माणपछि जापानले हस्तान्तरण गर्यो विपी राजमार्ग

Jan 28th, 2021

काठमाडौ, माघ १५

जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।

पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताउनु भयो । नेपालको उर्जा, यातायात, खानेपानीतथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको बताउनु भयो ।

मन्त्री नेम्बाङ्गले नेपालको विकासमाजापानको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो ‘नेपाल सरकार, भौतिकपूर्वाधार तथायातायातमन्त्रालय र मेरो व्यक्तिगततर्फबाट जापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु ।’ उहाँले नेपालको विकास र समृद्धिको चाहाना परिपूर्ति गर्न नेपालका लागि जापनी राजदुत मासामिची साइगोको साथ र समन्वयको समेत प्रशंसा गर्नु भएको थियो ।

त्यस्तै जापनीज राजदुतमासा मिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ संधै निरन्तर रहने बताउनु भयो । राजधानीलाई पूर्वी तराईसंग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मानिर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो ।

भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो । विपी राजमार्गको पुनःर्निर्माण सन्२०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भयो । पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi