काठमाडौ, माघ १५
चालु आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैयमासमा एनएमबि बैंकको खूद मुनाफा एक अर्ब ६१ करोड पुगेको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा एक अर्ब ५१ करोड रहेको छ ।
सोही आ.व. को दोश्रो त्रयमास सम्ममा बैंकको कूल निक्षेप एक खर्ब ४९ अर्ब र कूल कर्जा सापट एक खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले यस आ.व. को छ महिना भित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोड रुपैयाँले वृद्घि गर्न सफल भएको छ । यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ तीन दसमलव ८६ प्रतिसतबाट वृद्घि भई तीन दसमलव ९५ प्रतिसत र कर्जा तर्फ चार दसमलव १९ प्रतिसतबाट वृद्घि भई चार दसमलव ४३ प्रतिसत पौष मसान्त सम्ममा पुगेको छ । त्यसैगरी, निक्षेपमा भएको वृद्घिमा बचतनिक्षेपको हिस्सा ६५ प्रतिसत रहेको छ । कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैंकले पौष मसान्त सम्ममा कूल तीन हजार दुुई सय ३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।
यस आ.व.को पौष मसान्त सम्ममा बैंकको पूंजी कोष अनुपात १३ दसमलव ६८ प्रतिसत रहेको छ भने निष्किृय कर्जाको अनुपात दुुई दसमलव ३८ प्रतिसत रहेको छ । एनएमबि बैंक विगत चार वर्षमा तीन पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ । विश्व बैंक अन्तर्गत रहेको आईएफसी बाट दोश्रो पटक पुनः अमेरिकी डलर दुुई करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ । नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैंक हो । यस बैंकले गत वर्ष र यस वर्ष गरि दुई वटा विकास बैंकहरुलाई मर्ज÷प्राप्ती गरि आफ्नो पहुँचलाई विस्तार गरेको छ । बैंकले देश भरीमा एक सय ८० वटा शाखा, नौ वटा एक्सटेन्सन काउन्टर र एक सय ३५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।