neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यकाबासी प्यासमा छटपटाउदा खानेपानी मन्त्रालयको खर्च निराशाजनक, आधा समय बित्दा ९ प्रतिशत खर्च

उपत्यकाबासी प्यासमा छटपटाउदा खानेपानी मन्त्रालयको खर्च निराशाजनक, आधा समय बित्दा ९ प्रतिशत खर्च

Jan 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ १५

चालु आर्थिक वर्षको ६ महिना बितिसकेका छन् । तर सरकारको बिकासका काम हेर्ने हो भने अहिलेसम्म एक तिहाई काम पनि सम्पन्न भएको छैन ।काठमाडौं उपत्यकामा धारामा पानी आउने दिनहरु बढेका हैनन् घट्दै गइरहेका छन् । धारामा पानी नआउने कैयन घरहरु छन् । राज्यले उपलब्ध गराउनुपर्ने न्युनतम बस्तुमा सडक खानेपानी पर्छन् । तर राजधानी बासी नै न्युनतम सेवाबाट बञ्चित भएका छन् ।

यही खानेपानी जनतालाई उपलब्ध गराउने जिम्मा सहित स्थापना भएको मन्त्रालयले भने वर्षको आधा समय बित्न लाग्दा सम्म जम्मा ९ प्रतिशत खर्च गरेको छ । अर्थात खानेपानीका भौतिक संरचना निर्माण गर्न नसक्दा यो वर्षको लागि भनेर छुट्टाइएको ९१ प्रतिशत रकम ढुकुटिमा थुप्रिएको छ ।२४ अर्ब ८२ करोड बजेट पाएको खानेपानी मन्त्रालयले अहिलेसम्म जम्मा २ अर्ब २७ करोड मात्रै खर्चन सकेको छ ।

गत वर्षको खर्चसँग दाज्ने हो भने यसको खर्च ३ दशमलव छ दुई प्रतिशतले घटेको छ।यो मन्त्रालय मात्रै होइन रेल,पानीजहाज, सडक जस्ता भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मा लिएको मन्त्रालयको खर्च नै निराशाजनक देखिनुले देशमा बिकासको काम नभएको प्रष्ट पार्छ ।सडक पिच हुन सकेका छैनन्, भने कैयन सडकको स्तरोन्नतीको कार्य पनि राम्रो सँग अघि बढ्न सकेको छैन । जसका कारण नै यो मन्त्रालयको खर्च गत वर्षको जति पनि हुन सकेको छैन ।

अर्थ मन्त्रालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब २३ अर्ब मध्ये जम्मा २२ अर्ब मात्रै खर्च गरेको छ । अर्थात कुल बिनियोजित रकमको जम्मा १७ दशमलव सात नौ प्रतिशत बजेट मात्रै यसले खर्चन सकेको छ । अर्थात वर्षका ६ महिना सकिन लागदा सम्म समेत यो मन्त्रालयको अझै ८२ प्रतिशत रकम खर्च हुन बाँकि छ ।

साथै यो मन्त्रालयको खर्च गत वर्ष भन्दा पनि झन्डै १२ प्रतिशतले घटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारको बचाव गर्दै बिकास निर्माणका काम भएको र बिपक्षिहरुले आलोचना मात्रै गरेको दाबी गर्छन् । अर्थात उनले बिपक्षिहरुले झुटो बोलिरहेको दाबी गर्छन् ।

तर उनले नेर्तत्व गरेको सरकारको मन्त्रालयको खर्च हेर्ने हो भने चाहि बिपक्षि होइन ,उनि नै झुटो बोलिरहेको प्रष्ट हुन्छ । कम्तीमा आफ्नै अर्थमन्त्रालयले प्रकाशन गरिरहेको तथ्यांक मात्रै अध्ययन गर्ने हो भने पनि उनले यो झुटो बोल्नु पर्दैनथ्यो ।

जसका कारण नै सरकारले अपेक्षित तरिकाले बिकास निर्माणमा छुट्टाएको बजेट खर्चन सकेको छैन । अर्थमन्त्रालयले हालै मात्रै गरेको बजेटको अर्ध वार्षिक समिक्षामा शहरि बिकास मन्त्रालयको खर्च गत वर्ष भन्दा पनि १६ दशमलव दुई छ प्रतिशतले कमि आएको देखिएको छ ।बजेटमा यो मन्त्रालयका लागि भनेर २४ अर्ब ९७ करोड रकम छुट्टाइएको छ। तर अहिलेसम्म यसले जम्मा ६ अर्ब ११ करोड मात्रै खर्च गरेको छ।